भक्तपुर । नेकपाका स्थायी कमिटिका सदस्य एवं पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले नेकपा भित्रको बहस सामन्य रहेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुरद्वारा सूर्यबिनायक नगरपालिका–८ सिपाडोल स्थित मालिगाउँमा बृक्षारोपण कार्यक्रममा उनले पार्टी भित्रको बिवाद सामान्य रहेको बताएका हुन् । उनले भने, पुष्पलालले पार्टीमा पुराएको योगदान र उनले अवलम्बन गरेको पथलार्य आत्मसाथ गर्न सके मात्र पार्टी भित्र देखिएको बिवाद अन्त्य हुने छ ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य सोम मिश्र, वागमती प्रदेशका सांसद राजेन्द्रमान श्रेष्ठ, नेकपाका भक्तपुर जिल्ला कमिटि सदस्य डिपी ढकाल लगायतले पुष्पलालको राजनीतिक पथलाई अंगाल्नु पर्नेमा जोड दिएका थिए ।
बृक्षारोपण गरिएको स्थानमा पुष्पलाल स्मृति पार्क निर्माण गरिने ब्यवस्थापन समितिका संयोजक कविराम थापाले जानकारी दिए । भक्तपुरका साथै उपत्यकाका बिभिन्न स्थानको दृश्य अवलोकन गर्न सकिने यो क्षेत्रमा थप हरियाली प्रर्वदन गर्ने उद्देश्य र नेपाली राजनैतिक इृतिहासका खम्बा पुष्पलालले देशका लागि पुर्याएको योगदानको सम्मानलाई जीवन्तता दिन यो क्षेत्रमा बृक्षारोपण कार्यक्रम गरिएको समितिका सदस्य दिपक थापाले जानकारी दिए । उनले भने, बिभिन्न ४५० प्रजातीका बिरुवा यो क्षेत्रमा बृक्षारोपण गरिएको थियो । कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष धुव्रराज बिष्टले गरेका थिए भने कार्यक्रम सञ्चालन समितिकै सचिब राजन केसीले गरेका थिए ।