काठमाडौं – टेलिचलचित्र ‘कलेज लभ’को नायिकाको भूमिकामा कीर्तिमानी बहिरा कलाकार सुजल बम देखिने भएकी छन् । निर्देशक राजबहादुर सानेको लेखन तथा निर्देशनमा बन्न लागेको उक्त टेलिचलचित्रमा बहिरा कलाकार सुजल बम देखिने भएकी हुन् ।
के. के. प्रोडक्सन हाउसको ब्यानर र कुमार केसीको निर्माणमा बन्ने यो टेलिचलचित्रका अन्य कलाकारमा सुशिल पोख्रेल, पृया रिजाल, हिउवाला गौतमका साथै सयूद राई, नवीन केसी, बिमला गुरूङकोसमेत अभिनय रहने निर्माण पक्षले जनाएको छ । यूवा युवतीको कलेज जीवन र अपाङ्गता भएका ब्यक्तिहरूको कथा समेटिएको निर्देशक सानेले बताए ।
‘यस चलचित्रमा अपाङ्गता भएका ब्यक्तिहरूलाई समाजले अहिलेसम्म हेर्ने दृष्टिकोण तथा ब्यावहारमा सकारात्मक परिवर्तन ल्याउने र अपाङ्गता भएका ब्यक्तिहरूमा आत्मविश्वास जगाउदै उनिहरूमा भएको क्षमता अभिवृद्धि गर्ने बिषयबस्तु समेटिएको छ ।’ सानेले भने ।
यस टेलीचलचित्रको सहनिर्देशमा रमेश बनगोसाई तथा छायाँकन दिब्य राज सुवेदीले गर्दैछन् । सानेका अनुसार चलचित्रलाई भाद्र दोस्रो साता सार्वजनिक गरिने छ ।
बहिरा कलाकार सुजल बमको केही समयअघि ‘बैनी झ्यालैमा’ गीतको भिडियो सार्वजनिक भएको थियो, जुन अत्यधिक रुचाइएको थियो । ‘म कला क्षेत्रमा नै आफ्नो पहिचान बनाउन लागि परेकी छु यसैमा नयाँ कामका लागि अनुबन्धित भएकोमा खुसी छु साथै निर्माणपक्षलाई धन्यवाद दिन चाहन्छु’, सुजलले भनिन् ।
‘मिस्टर एन्ड मिस एसईई’मा विभिन्न उपाधि जितेर औपचारिक रुपमा यो क्षेत्रमा होमिएकी सुजले कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘झिम झिम परेली…’को भिडियोमा पहिलो पल्ट आफ्नो अभिनय कला पस्किएकी थिइन र यही गीतको भिडियोबाट उनले विश्व कीर्तिमान राखेकी थिइन ।
यस्तै ‘खामोशी वीथ लाइफ’को नारा दिदै भारतमा आयोजित अन्तर्राष्ट्रिय Miss Deaf La Gravitea 2020 मा नेपाल की एक मात्र प्रतिस्पर्धी रहेकी छन् यतिवेला सुजल बम । उनी यतिवेला प्रतियोगिता नं. ११० को रूपमा १११ जना सहभागीहरूसँग कडा प्रतिशप्रधा गरिरहेकी छिन ।
यो उनको पहिलो अन्तर्राष्ट्रिय सहभागीता हो र यसमा अनलाइनबाटै भए पनि नेपालको प्रतिनिधित्व गर्न पाउँदा अत्यन्तै गर्व महसुस भएको बताउछिन बम । ‘यदी तपाईं हाम्रो सबैको मिहिनेतले म मार्फत नेपाललाई यो प्रतियोगिताको विजेता घोषणा गरियो भने त्यस दिन पुरै नेपालीले गर्ब गर्नेछन । मलाई विजेता बनाउनका लागि ला ग्र्याभिटिको अफिसियल फेसबुक पेजमा गई मेरो फोटो सहितको पोष्ट बढि भन्दा बढि लाईक तथा सेयर गरिदिनहुन सम्पुर्ण नेपालीहरू लाई अपिल गर्दछु’ सुजल भन्छिन ।
कोभिड – १९ को महामारीले गर्दा अनलाइन मार्फत सञ्चालन भईरहेको प्रतियोगितामा धेरै देशका प्रतिशप्रधिहरूको सहभागिता रहेको बताउछन आयोजक संस्था ला ग्र्याभिटिका संस्थापक अभिनास दुगड । संसारभरबाट सहभागिता जनाएका सहभागीहरू सबै बहिरा रहेका र उनिहरूमा भएको ट्यालेन्टका आधारमा मुल्याङ्कनगरी प्रतियोगितामा विजेता घोषणा गरिनेछ । यसका साथै ला ग्र्याभिटिको अफिसियल फेसबुक पेजमा प्रत्येक प्रतिशप्रधिहरूको फोटो सहितको पोष्टमा आउने लाईकलाई समेत मुल्याङ्कनको आधार बनाईने छ भने फेसबुक पेजमा लाईक गर्ने समय २७ जुलाई २०२० अर्थात १२ श्रावण २०७७ राति १२ः०० बजे सम्म रहेको छ ।
यस प्रतियोगिताको मुल्याङ्कन कर्ताको रूपमा अमेरिका की मोनिक मार्टिनेज रहेकी छन् । उनले हाल मकाउमा बसेर अनलाइन मार्फत प्रतियोगिहरूको मुल्याङ्कन गरिरहेकी छन् । यही २८ जुलाई २०२० मा अनलाइनबाटै विजेता घोषणा गरिने र विजेताले नगत पुरस्कार, प्रमाणपत्र, ताज का साथै बिभिन्न उपहारहरू प्राप्त गर्नेछन् । यस प्रतियोगिता को २०२१ मा हुने पाँचौं संस्करण कम्बोडियाको राजधानी फेनोम फेन मा हुने बताइएको छ ।