राजु बोहरा–काठमाडौँ । नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलाकारहरु मात्र ब्यवसाहिक बनिरहँदा विकृतिजन्य गीतहरु अहिले बजारमा धेरै पाइने गरेको छ । अन्य दोहोरी गीतको सवाल जवाफमा पाइने विकृतिजन्य शब्द तथा भिडियोलाई सरल रुपमा नै लिने गरिएता पनि अहिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतमा आएको विकृतिलाई सहन नसकेर कलाकारहरुले नै त्यस्ता बिकृति भित्र्याउने दोश्रो कलाकारलाई कालो मोसो दलौं भन्दै उर्ज्दी जारि गरेका छन् ।
उक्त उर्दी एक गीत मार्फत गरिएको हो । गीतमा अमृत खाती, नमराज ढुंगाना, पूर्णकला बि.सी, उमा श्रेष्ठ र कोपिला वाइबाको स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई एक घरमा रोधी बस्दा त्यस घरको मुलिले मौलिक गीत सुनाउन आग्रह गरेपछि कलाकार टोलीले यो खबरदारी पूर्ण गीत गएका हुन् । “कालो मोसो” नाममा बजारमा आएको गीतको भिडियोमा कुल बहादुर ओली, मनिषा राई भिम के.सी र भिम कुसरिको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन हम गैरे, छायाँकन बसन्त महर्जनले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।