काठमाडौँ : सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा लोकप्रिय गायिका दिपा लामाको “बल्ल बल्ल भेट भो” सार्बजनिक भएको छ । लामो समय देखि सिंगापुर बस्दै आएका तथा समाजसेवामा छुट्टै परिचय बनाउन सफल तेम्बा शेर्पाले दोश्रो कोशेली स्वरुप “बल्ल बल्ल भेट भो” को म्युजिक भिडियो लिएर आएका हुन्। परदेशमा बसेर पनि नेपाली गित संगीतलाई माया गर्ने गायक तेम्बा शेर्पा सामाजिक कार्यमा समेत सक्रिय छन्।
चर्चित संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गितमा तेम्बा शेर्पा र दिपा लामाको आवाज रहेको छ । छायाँकार सुदिप बरालले छायांकन गरेको यस म्युजिक भिडियोलाइ निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ। म्युजिक भिडियोमा लोकप्रिय नायक दयाहाङ्ग राइ तथा निरन्जली लामाको अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस :