काठमाडौं– लोकप्रिय गायिका मेलिना राई आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । यसपटक गायिका राईले स्थापित संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा सिद्धहस्त गीतकार अर्जुन रत्न भिखारीका शब्दहरुमा आफ्नो सुरिलो स्वर भरेकी हुन् ।गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ ।

ए–वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिष्ट भने राजेश श्रेष्ठ हुन् ।गीतमा सञ्जीब बराइलीको गिटार, गोपाल घतानीको बा“सुरी, आई प्रोडक्सनका दिपेन गौतमको पर्कुसन सुन्न सकिन्छ ।गीतको भिडियो आकर्षक बनेको छ ।स्थापित निर्देशक युवराज वाइवाद्वारा निर्देशित उक्त भिडियोमा नगमा श्रेष्ठ मुख्य भूमिकामा छिन् । उनलाई साथीहरुले साथ दिएका छन् ।
भिडियोमा मनिता गहतराजको कोरियोग्राफी छ ।उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

यस्तो छ भिडियो

तपाईको प्रतिक्रिया