काठमाडौँ – डा. चन्द्र. गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत नाचें फिरिरी को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ l यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् ४ दिनमा ९ लाख भन्दा बढी भ्युज पाईसकेको छ l लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद् हुन् l गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भईसकेका छन् l अरु गीतका भिडियो पनि क्रमैसँग रिलिज गरिने कुरा उनले जानकारी गराए l

गम्भीर विष्टको परिकल्पना तथा निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छयाङ्कन भएको यस भिडियोमा विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् l भिडियोमा दर्शकले अत्यन्तै रुचाएका कलाकार ट्वीन्स् { प्रिज्मा र प्रिन्सी खतिवडा } तथा सागर लम्साल ‘बले’ ले प्रमुख मोडलको रुपमा नृत्य / अभिनय गरेका छन् l नेपाल चलचित्र विकाश कम्पनी { NFDC } बालाजूमा भब्य सेट लगाएर केहीदिन अघिमात्र भिडियोको छायाङ्कन गरिएको थियो l भिडियोको लागि कला निर्देशक विजय चौधरीले आकर्षक सेट लगाएका थिए l भिडियो Rupantara Music मा हेर्न सकिन्छ l

क्या दामी भो र पिलायो साथीले जस्ता पिउने पिलाउने गीतबाट विशेष र फरक प्रकारको चर्चा पाएका शिव परियारले अब नाचें फिरिरी ले संसारभरका स्टेज तताउने प्रतिक्रिया दिएका छन् l

तपाईको प्रतिक्रिया