- रोशन वली

आगनको डीलमा
आँखा तरेर हेर्दै बोल्यो
चट्ट परेको दौरा सुरुवाल
टाउकोमा कालो भादगाउँले टोपी
चील्लो चोपिलो अनुहार
खाइ लाग्दो जीउ
कुनै मालिक ,ठूलै नेता
विराजमान थियो ।
पक्कै उ मालिक हुनु पर्छ ।

ए !पर्वते
तल ओर्ली
कति आयो तेरो स्यालरी ?
कमाइ होलास नि यतिन्जेल सम्म त

गाउँ कै धनी मानी मान्छे जिम्दार मुखिया
एका छ्कालै लौरो काधमा हालेर
हकार्न आइ लाए ।
शायद उसको उ असामी हुनु पर्छ

मनमा उद्देक पलायो
निराशाहरुले राज गरे
सपनाहरु चीरा -चीरा परे
सगर बादलले ट्म्म बन्यो
निहुरियो

जमिन्दार मुखियाको पाउमा
लम्पसार परेर
फोहर कुल्चेका खुट्टामा शिर चढायो
घोप्टो परे आकाश हेरे जत्तिकै मास्तिर
उस्कै अनुहार नियाल्यो
सायद उ निजी मास्टर हुनु पर्छ ।

उ झन खुर्सानी जत्तिकै रातो बन्यो
स्वाद जत्तिकै पिरो बन्यो
सिङ्ह झै बनेर गर्जिन थाल्यो
लठ्ठी काँधबाट पुलिस झै झार्यो

एका एक तर्सायो
मानौं कुनै यो बन्दी गृह थियो
सायद उ ऋण लिएको अपराधी हुनु पर्छ ।

चिन्याछस मलाई
म को हुँ
लाउड आवाजले झन तर्सायो
गाउँको विराजमान साहु
बच्चै छ्दा चिनेको त हो नि
यस्तो उस्तो नि सुनेकै हो
बन्धकि बनाएर ऋण दिन्छ
कि जग्गा जमीन कब्जा गर्छ
कि कमारो बनाउ छ

बिगत ओर्लियो
अचानक मनभरी
पहिरो लर्न थाल्यो
सायद उ टुटे फुटेको गरीव हुनु पर्छ ।

बिर्सिस पोहर साल
के भनेको थिस रे !
दुई हात बिन्ती जोड्यो
मालिक माफी गर्दिनु होस
भाका सार्नु होस्
अर्को भाका न कटाउला
सायद उ कर्मचारीको तल्लो
नोकरीवाल हुनु पर्छ ।।।

तपाईको प्रतिक्रिया