नायिका निरुता सिंहले नायक भूवन केसीको समर्थन गर्दै उनलाई ‘मनको महानायक’ भनेकी थिइन् । तर, यसलाई धेरै मानिसहरुले गलत अर्थमा वुझेपछि निरुताले सामाजिक संजालमा स्पष्टिकरण दिएकी छिन् ।

निरुताले आफूले ‘महानायक’ राजेश हमाल नभएर भूवन केसी हुन् भनेर कहाँ लेखेको छु भन्दै प्रश्न गरेकी छिन् । निरुता लेख्छिन्–‘मैले मेरो स्टाटसमा आजको कुरा लेखेकी होइन । मैले त्यो बेलाको कुरा लेखेकी हुँ, जतिबेला राजेश दाइले चलचित्र जगतमा पाइला राख्नुभएको थिएन । जुन बेलामा मैले भूवन केसीको सिल्वर जुब्ली चलचित्रहरु हेरेकी थिएँ । मैले त्यो बेलाको मेरो ‘सपनाको महानायक’ भनेर शुद्ध नेपाली शब्दमा लेखेको थिएँ ।’

उनले, आफ्नो लागि पनि राजेश हमाल नै ‘महानायक’ भएको र उनलाई धेरै सम्मान गर्ने उल्लेख गरेकी छिन् । साथै, उनले अगाडि लेखेकी छिन्–‘मेरा लागि राजेश हमाल, भूवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निर शाह दाई लगायतका कलाकारहरु पनि महानायक नै हुन् । यस्तै, भूवन चन्द, गौरी मल्ल, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, मिथिला शर्मा पनि महानायिका हुन् ।’

निरुताले आफूले नायक भूवन केसीको चम्चागिरी नगरेको पनि स्पष्ट पारेकी छिन् । उनले, चलचित्र क्षेत्रमा २७ बर्ष लामो योगदान दिइसकेको भन्दै अब आफ्ना लागि एक जना समझदार फ्यान भएपनि काफी हुने स्पष्ट पारेकी छिन् । निरुताले आफ्नो भनाइलाई गलत रुपमा नवुझ्न सबैसँग आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया