एजेन्सी । भनिन्छ कि विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ । हिन्दू शास्त्रमा पत्नीलाई पतिको अर्धाङ्गनी मानिएको छ । पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्रभाव परेको हुन्छ । तर, सबैको हकमा यस्तै हुन्छ भन्ने छैन ।

कसै कसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुन्छ । यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउँछ ।

भारतका एक पण्डितले पनि त्यस्ता उपाय सुझाएका छन् जसका कारण पतिको भाग्यमा पत्नीका कारण परिवर्तन आउन सक्छ । शास्त्रमा स्त्रीलाई लक्ष्मीको दर्जामा राखिएको छ । स्त्रीलाई लक्ष्मी स्वरुप मानिने गरिएको छ । त्यसैले स्त्रीले विहान सधैं पूजापाठ गर्नु राम्रो मानिन्छ ।

यसले पतिको जीवनमा पनि ठूलो परिवर्तन ल्याउने विश्वास छ । महिलाले विहान उठेर सबैभन्दा पहिले स्नान गर्नु अवाश्यक छ । साथै, तुलसीलाई पानी चढाएर उनीहरुले आफ्नो दुःख हटाउनका लागि प्रार्थना गर्नु पर्ने हुन्छ ।

एक पंडितका अनुसार घरमा तामाको भाँडामा पानी राखेर पूरै घरमा छर्कनाले घरको वातावरण शुद्ध हुन्छ र यसले नकरात्मक शक्तिलाई हटाउन सहयोग गर्छ । अनि यसले घरमा समृद्धि ल्याउँछ ।

तपाईको प्रतिक्रिया