पछिल्लो समय युवा पुस्ताहरु प्रेममा बिश्वास गर्छन् । कतिपय परिवारहरुले आप्mनो सन्तान प्रेममा नपरुन भनेर निकै चासो दिन्छन् । घरकी एक्ली छोेरी भब्यरुपमा मागी बिबाह गर्ने सोच बनाएको परिवारले छोरी अर्कै केटासंग हिडेको देखे के होला ? छोरी आफ्नी प्रेमीसंग हिडेको फोटो कसैले लुकेर खिच्छ र बाउलाई पठाउँछ । अनि रिसले क्रोध भएका बाबुले छोरीलाई घरबाट बाहिर निस्कन दिदैनन् । यस्तै कथा बस्तुमा लधु चलचित्र ‘ब्रेकअप’ निर्माण भएको छ । सागर आचार्यको कथा र निर्देशनमा तयार भएको उक्त भिडियोमा सुबास अम्गाई, रेखा घिमीरे, सुरक्षा बराल र सागर आचार्यको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया