काठमाडौं, अभिनेत्री परमिता आरएल राणाले भिडियो सार्बजनिक गरेकी छन आफु सवार कार दुर्घटनाले आफुलाई फेरी पनि दुखि बनाएको भन्दै। उनले भिडियोमा माफी पनि मागेकी छन् ।
उनले आफ्नो सामाजिक संजालमा लेखिएको स्टाटस यस्तो छ : : मलाई थाहा छैन म अब को हुँँ। म दिनदिनै राम्रो मान्छे बन्ने कोशीश गर्दैछु तर मेरो रिस, आवेग र बचकाना व्यवहारले मलाई जित्यो। मैल गत डिसेम्बेर २०१९ मा के गरेँ भन्ने कुरा थाहा छ र म पूर्णरूपमा गलत र स्वार्थी भएँ र मैले सामाजिक सञ्जालमा पोस्ट गरेको क्षमा याचना पनि सही थिएन। मलाई त्यो थाहा छ। मैले जे गरेँ त्यो गलत गरेँ र म यसको उत्तरदयी हुँँ। तर म पनि मान्छे हुँँ र बारम्बार मलाई नकारात्मक कमेन्ट गरेर त्यो दुर्घटनाको बारे सम्झाउँदा मलाई त्यसले असार गर्छ, त्यसैले मैले आफ्नो नियन्त्रण गुमाए र मैले त्यो कमेन्ट लेख्न पुगेँ। र मलाई यो पनि थाहा छ कि त्यो मेरो असंवेदनशीलता थियो र मैले त्यो चिताएकी पनि थिईन र मैले त्यसरी आफ्नो नियन्त्रण गुमाउनु हुँदैन थियो भन्ने महसुस हुने बित्तिकै त्यो कमेन्ट मैले डिलिट गर्दिहालेँ।

तपाईको प्रतिक्रिया