मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ । छर–छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । सुन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । मेहनतले धेरै काम बनाउन सकिनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नु परेपनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला । आज आफ्ना नातेदारहरुसंग झै झगडा पर्न सक्छ । आर्थिक समस्या पनि पर्न सक्छ, साथै सवारीसाधन चलाउँदा पनि सावधान रहनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । मान–सम्मान पाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउने छन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यमा ध्यान पुर्याउनु होला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तारिफ योग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ ।

तपाईको प्रतिक्रिया