काठमाडौं । कोभिड १९ (कोरोना) को कहर दिन प्रतिदिन बढ्दो रहेकोले नेपाल चलचित्र कलाकार संघले सर्वसाधारण तथा विशेष रुपमा सदस्यहरुमा सावधानी अपनाउन अनुरोध गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै संघले कोरोनाको जोखिमवाट बच्न मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न, सावुन पानीले हात धुन, भीडभाड भएको ठाउँमा नजान नगर्न अति आवश्यक काम बाहेक घर बाहिर नस्किन समेत अनुरोध गरेको छ ।

‘लकडाउन हटेतापनि स्थानिय स्तरमा भएको संक्रमण फैलिएर समुदायलाई नै संक्रमित बनाउने जोखिम बढिरहेको छ । यसो हुनुमा हामी आफैैं संक्रमणवाट जोगिन अप्नाउनुपर्ने उपायलाई गम्भिरतापूर्वक पालना गरिरहेका छैनौै’ संघका उपाध्यक्ष मोहन निरौलाको हस्ताक्षर रहेको विज्ञप्तीमा अगाडि भनिएको छ– ‘यस अवस्थामा आफु र अरुलाई पनि संक्रमणवाट बचाउन हाम्रो पहिलो कर्तब्य र दायित्व हुन आउँछ । संक्रमणवाट आफु पनि बच्न र अरुलाई पनि बचाउन हाम्रो दैनिकीमा पनि हामीले संयमित मर्यादित हुनु जरुरी भएको छ ।’

कोरोनाको प्रकोपको संक्रमणकालमा संघले राहतको विभिन्न सेवा प्रदान गरेको समेत जानकारी दिइएको बिज्ञप्तीमा अहिलेको विषम परिस्थितिमा पनि नेपाल चलचित्र कलाकार संघ आफ्नो नियमित सेवामा कटिबद्व रहेको समेत जनाइएको छ । संघले आफ्ना सदस्यहरुमा समस्या र अप्ठ्यारा भएमा जानकारी गराउन अनुरोध गर्दै संघ सदैव आफ्ना सदस्यहरुको सेवामा तत्पर रहेको समेत जनाएको छ ।

हेर्नुहोस प्रेस विज्ञप्ती :

लकडाउन हटेता पनि कोभिड १९ -कोरोना रोगको प्रकोप दिन प्रति दिन भयाबह बन्दै गैरहेको छ । स्थानिय स्तरमा भएको संक्रमण फैलिएर समुदाय लाईनै संक्रमित बनाउने जोखिम वढिरहेको छ । यसो हुनुमा हामी आफैै संक्रमणवाट जोगिन अपनाउनु पर्ने उपायलाई गम्भीरतापूर्वक पालना गरिरहेका छैनौै । यस अवस्थामा आफु र अरुलाई पनि संक्रमणवाट वचाउन हाम्रो पहिलो कर्तब्य र दायित्व हुन आउछ । संक्रमणवाट आफु पनि वच्न र अरुलाई पनि वचाउन हाम्रो दैनिकीमा पनि हामीले संयमित मर्यादित हुनु जरुरी भएको छ । मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने सावुन पानिले हात धुने भीड भाड भएको ठाउमा नजाने भीड भाड नगर्ने ,मास्क लगाउने ,अति आवश्यक काम पर्दा मात्र घरवाट वाहिर निस्कने गरेमा कोरोनाको जोखिमवाट वच्न सक्ने संम्भावना भएकाले संम्पुर्ण जनसमुदाय र विशेष गरेर चलचित्रकर्मीहरुलाइ सावधानी अपनाइ आफु र अरुको जीवन कोरोनाको संक्रमणवाट सुरक्षित गर्न नेपाल चलचित्र कलाकार संघ हार्दिक अपिल गर्दछ ।

अहिलेको विषम परिस्थितिमा पनि नेपाल चलचित्र कलाकार संघ आफ्नो नियमित सेवामा कटिवद्व छ । कोरोनाको प्रकोपको संक्रमण कालमा संघले राहतको विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । अझै पनि केही सदस्यहरु समस्या र अप्ठारोमा हुनुहुन्छ भने संघलाइ जानकारी गराउनोस संघ सदैव आफ्ना सदस्यहरुको सेवामा तत्पर रहेको पनि यहि वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौ ।

कोरोनाको संक्रमण वढदो अवस्थामा रहेकाले संघले आयोजना गर्न लागेको कलाकार वीचको अन्तरक्रिया र कार्यशालाका निर्धारित कार्यक्रम हाललाइ स्थगीत गरिएको पनि यसै वक्तब्य मार्फत जानकारी गराउदछौ ।

मोहन निरौला
उपाध्यक्ष तथा प्रबक्ता

तपाईको प्रतिक्रिया