सिर्जना चोरी काण्डमा कहलिएका गीतकार र संगीतकारसमेत मुछिएका छन् । यही भीडका अर्का गायक दुर्गेश थापा । गलबन्दीको गीत चोरीमा प्रकाश सपुत जसरी मुछिए ठीक उही शैलीमा दुर्गेशले अरूको रचना बीचबीचमा घुसाएर बीच्चबीच्चमा २ बजारमा ल्याएका छन् ।

हरिदेवी कोइराला र प्रेमराजा महतको स्वरमा रहेको गीतका केही अंश चोरी गरिएको आरोप छ । एउटा फोटो खिच नामक सो गीत १० मिनेट ०४ सेकेण्डको छ । जसमा, म्युजिक नेपालले बजारमा ल्याएको, अलिमियाँका शब्द हरिदेवी कोइराला र प्रेमराजा महतको ‘आकाशैमा बादलु टम्मै छ मनमा के छ भन्नेलाई सम्मै छ’ चोरी गरिएको बताइन्छ । उक्त गीत प्ले भएको २ मिनेट ५५ सेकेण्डमा सो शब्द उनले त्यहाँ घुसाएका छन् । दुर्गेशले गीतको भाकासमेत चोरी गरेको भेटिएको छ । उनले पशुपति शर्माको घर त मेरो स्याङ्जा -याले, डालीकाटे घाँस घाँस काटेर गाईलाई गाईले दिए दूध, कुरो आफँै बुझ, मायालेसँग मिल्ने गरी भाकासमेत चोरी गरेको चार्ज दुर्गेशमाथि लाग्न थालेको छ ।

यसअघि प्रकाश सपुतले शम्भु राईको शब्द चोरी गरेर आफ्नो बनाएका थिए । उसैगरी अल्मोडा रानाले नाइलनको साडी (छक्कापञ्जा २) बोलको गीत कान्छा मगर नेपालीको सिर्जना चोरेर आफ्नोमा घुसाएका थिए । अहिले महानायकको विवादमा फसेको दीपक–दीपाहरूकै टोलीले बनाएको ‘छ एकान छ’ ले दबंग–२’ को ‘तेरे नयना बडा धोखेबाज रे’ लाई चोरेर ‘तिम्रो आँखा बडा धोकेबाज छ’ आफ्नो फिल्ममा घुसाएको छ । यस्तो कर्ममा महेश खड्का, चेतन सापकोटा, सुरेश अधिकारी, आलोकश्री, मिलन अमात्यलगायत दर्जनौं संगीतकर्मी मुछिएका छन् । जस्तो हिन्दी गीत ‘परदेशी परदेशी’कै नक्कल गरी महेश खडकाले ‘निष्ठुरी निष्ठुरी’ बजारमा ल्याए ।

महेशकै सिको गर्दै चेतन सापकोटाले हिन्दी गीत ‘चलाओ न नैनों से बाँण रे’को धुन कपी गरी ‘दिल चोरेर नजाऊ’ मा घुसाए । आलोकश्रीको ‘तिम्रो आगमनले जीवनमा’ माथि पनि सिर्जना चोरीको चार्ज लाग्यो । दुई पत्नीका धनी सुरेश अधिकारीले हिन्दी चलचित्र ‘तेरे नाम’को गीत ‘चोरेर फूलको लाली’लाई आफ्नो बनाए । खोज्दै जाने हो भने यस्ता सर्जकको संख्या सयौं पुग्छ ।

भूकम्पमै सिर्जना भयंकर

नेपाल सरकारका सहसचिव (प्राविधिक) गणेशराज वस्तीको पहिचान अब कुशल इञ्जिनियरको रूपमा मात्र सीमित रहेन । हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रोजेक्ट प्रमुख रहेका उनी आधा दर्जन कृतिका लेखक हुन् । कवि, नियात्राकारका रूपमा परिचित बस्तीले ०७१ सालदेखि यता नियमित हर वर्ष कुनै न कुनै कृति बजारमा पाठकसामु पस्कँदै आएका छन् । मनको आँधीमार्फते कविको रुपमा दर्ज भएका बस्तीको नियात्रा ०७५ सालमै बजारमा आइसकेको छ । आफ्नै जीवनका अनुभव, अनुभूति समेटेर संघर्ष (संस्मरण) निकालेका छन् ।

स्कुले जीवनमै शिक्षक भएर अध्यापन गराउँदाका अनुभूति, आफूलाई पढाउने शिक्षकसँग आफू पनि शिक्षक हुँदा लागेको धक संस्मरणमा पढ्न पाइन्छ । मनभरि सपना बोकेर राजधानी प्रवेश गर्दा भोगेको सास्ती र हैरानीलाई उनले पुस्तकमा उतारेका हुन् । विशेष गरी पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा अध्ययन गर्दाका अनुभव र अनुभूतिहरू रोमाञ्चक छन् ।

यही बीच ओभरसियरको रूपमा एक वर्ष करारमा काम गर्दाका सुख दुःख, लोकसेवामा भिड्दाका महासागरीय यात्रा । त्यहाँ आफ्नै साथीहरूसँग प्रतिस्पर्धा, लोकसेवामा भिड्दाको समस्यालगायत विषयवस्तु र सरकारी सेवामा प्रवेश गरेपछि उपसचिव र सहसचिव हुँदाका अनुभवलाई पुस्तकमा लिपिबद्ध गरेका छन् । अरूका संघर्ष र सफलता पढ्न चाहनेहरूका लागि यो कृति रुचिकर र पठनीय छ ।

-साभार जन आस्था

तपाईको प्रतिक्रिया