मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काममा अवरोध आउन सक्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । दिन सामान्य बित्ला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । जग्गा जमीनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । बेसुरमा बचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । कुनै लाभदायक समाचार सुन्न पाइएला । साथी भाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । ध्नको प्राप्ती होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ । मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अप्रिय समाचारले मन खिन्न हुनेछ । सवारी साधन हाँक्दा सचेतता अपनाउनु होला । घरमा परपाहुना र अतिथिको आगमन हुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । बालबच्चाबाट पनि सुख सन्तोष प्राप्त हुनेछ, यात्राको समय छ । धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काम बिग्रने डरले सताइरहनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ, स्वास्थ्यमा समस्या हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मान सम्मान समेत प्राप्त हुने समय छ । सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ । सुखद समाचार सुन्न पाइनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । खर्च बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नु परेपनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ, अन्न प्राप्तीको पनि योग छ ।

तपाईको प्रतिक्रिया