काठमाडौं,

उत्सव केसीको लेखन तथा निर्देशनमा रहेको हास्य टेली श्रृङ्खला ‘रहरै भो…’ दर्शकमाझ आएको छ । ब्राण्ड यू पिक्चर्सको निर्माण रहेको श्रृङ्खला ‘रहरै भो…’ दर्शकमाझ आएको हो ।

दमन रुपाखेती, मुकुन्द मैनाली, लक्ष्मिनाथ तिमिल्सिना, गीता नेपाल उत्सव केसी, सुस्मा ढकाललगायतका कलाकारको अभिनय रहेको ‘रहरै भो…’ चुईचुई पारेर युट्युव मार्फत दर्शकमाझ आएको छ ।

ज्ञानकुमार कट्टेलको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको सार्वजनिक हास्य टेली श्रृङ्खलामा दमन रुपाखेती निर्देशन सल्लाहकारका रुपमा रहेका छन् ।

विभिन्न किसिमका मान्छेहरुका विभिन्न रहरलाई हास्य रुपमा प्रस्तुत गर्ने र भरपूर्ण मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो हास्य टेली श्रृङ्खला दर्शकमाझ ल्याएको उत्सवले बताए ।

तपाईको प्रतिक्रिया