काठमाडौँ । सरकारले सबै नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ति सेवा सञ्चालन गरिरहेका विवरणहरु संकलन गर्ने कार्यका लागि केही अपरेटरहरु माग गरेको छ । तीन जिल्लाहरुमा कार्य गर्ने गरी विवरण दर्ता अपरेटर खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना गर्न लागेको हो ।

यसका लागि गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागले साउन १४ गते सूचना प्रकाशित गरी १५ दिनभित्र सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दरखास्त पेश गर्ने गरी दरखास्त माग गरेको छ ।

विभागले सप्तरीमा ५३, सर्लाहीमा ६३ र कास्कीमा ६० जना कर्मचारी माग गरेको हो । १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले यसमा आवेदन दिन सक्ने जनाइएको छ । यसका लागि प्रवीणता प्रमाणपत्र तह वा १० प्लस दुई उत्तीर्ण गरेको तथा कम्तिमा ३ महिनाको कम्प्युटर सम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्ने सूचनामा जनाइएको छ ।

आवेदन दिन दस्तुर लाग्दैन । दैनिक तलब १२ सयका दरले पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदाका दिनमा समेत काम गर्नुपर्नेछ ।

दरखास्त फारमसाथ बुझाउनु पर्ने कागजातहरुका लागि यो सूचना हेर्नुस

तपाईको प्रतिक्रिया