देख्दैछाैँ घटना सयाैँ दिनदिनै हेर्दै र सुन्दै कति।
मान्छेभित्र विभेदकाे जहरले सप्रेन बानी रति।।
काेही छन् धनमा कुबेर सरिका काेही दरिद्री पनि।
काेही वारि न पारिकाे बगर झैँ बस्छन् किनारा बनी।।
मान्छे हाे धनवीरले अब यहाँ कीरा फट्याङ्ग्रा गने।
साथी भाइ सबै भए पर परै खल्ती छ रित्ताे भने।।
बाँच्दैछाै श्रमका पिएर पसिना औकात भुल्दै पर।
साँच्चै मानव हाै भने श्रमिककाे सम्मान गर्ने गर।।
हाम्राे प्राण शरीर अन्न जलकाे आधार खेती भर।
बाँच्दैनाैँ जब ऊ बिना जगतमा गर्ने गराैँ आदर।।
तिम्रा उच्च विलासका महलमा पुग्दैन त्याे रासन।
मस्ती माेज हराउला पलकमै के अर्थ ती आसन।।
आफ्नै पाैरख सिर्जना मृदुलकाे भाेगेर बाँच्नेहरु।
बाँचे नम्रित भावले श्रम बुझे न्यूरेर झुक्दै बरु।।
टुप्पाबाट पलाउँदै महलमा गम्केर हाँस्दै रह्याै।
पुर्खाका पसिना पिएर धरणी काे भार मात्रै भयाै।।
पुर्खाकाे धन हैन त्याे रगत हाे सम्मान थाेरै गर।
सेखी जित्नु थियाे कि वा रहरले अग्लाे बनायाै घर।।
हुन्छाै साँझ विहान नै उपरमा डुल्छाै अटाली चढी।
देखिन्छाै नव दम्पती सरह नै जाेडी मिलेका बढी।।
प्याला छन् करमा सुरुप्प जल या घुट्काे चिया आखिर।
हाँस्छाै व्यङ्ग्य गरेर ती गरिवका हेरेर झुप्रा तिर।।
अफ्ठ्याराे स्थलमा फलेर रहने फर्सी समानै बनी।
के बस्छाै र समाज गाउँ घरकाे छुच्चाे अनाडी बनी।।
काे माग्ला ऋण व्यर्थमा रहरले गर्जाे परेका घडी।
व्यर्थै आश निरास भै जन फिरे श्राप्दै नराम्राे गरि।।
काेही माग्न पुगे धनी वचनमै दिन्छाै कराेडाैँ किन!!
मान्छेमा गणना भयाे गरिव खै फर्किन्छ रित्तै किन!!
हाेला शेष अझै ढिँडाे उदरमा के गर्व गर्छाै यहाँ।
धाेतीकाे उपियाँ चढेछ शिरमा हाेला दिगाे त्याे कहाँ!!
कुम्लाे ठिक्क कसेर राख धनकाे मर्दा शिरानी हुने।
भाडाका जन खाेज है मरणमा देखावटीमा रुने।।
सुन्दर हरैचा-१०, माेरङ्ग