काठमान्डौ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा लोक सष्टा तथा सर्जक हरुको सिर्जनाहरु बजारमा आइरहेका छन । गायिका जानकी कुबँर को आवाजमा रहेको बर्तमान परिवेशलाई आधारित रहेर तयार पारिएको ”देउरानी जेठानी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारणले माइत जान नपाएका चेलीहरुको पिडालाई गीतमा समेटिएको छ । गीतमा मन भित्रको पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिलिप रेग्मीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । ”देउरानी जेठानी ” गीतको भिडियोमा जिवन सेन्चुरीको छायाँकन तथा सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ ।”देउरानी जेठानी ” गीतको भिडियोमा सुप्रिया सेन्चुरी , सृष्टी परियारको अभिनय तथा नृत्य रहेको छ ।

”देउरानी जेठानी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया