मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानका क्रममा ठूलो रकम घोटाला भएको खुलासा भइरहेको छ । प्रवर्तन निर्देशनालयले सुशान्तकी गर्लफ्रेण्ड रिया चक्रवर्तीसँग सोधपुछ गर्ने क्रममा यस्तो खुलासा भएको हो । सुसान्तको खातामा रहेको १५ करोड रुपैयाँबाट सुरु भएको अनुसन्धानका क्रममा अब सुशान्तका चार्टर्ड अकाउन्टेन्टहरु पनि तानिएका छन् ।

सोधपुछका क्रममा गत मार्चमा सकिएको आर्थिक वर्षमा कम्पनीको खाताको हिसाबकिताब राख्ने २ जना चार्टर्ड अकाउन्टेन्टको नाममा २ करोड ६५ लाख ट्रान्सफर गरिएको रियाले खुलासा गरेकी छिन् । सूत्रका अनुसार सुशान्तले आफ्नी दिदीको नाममा साढे ४ करोड मुद्दती खातामा राखेका थिए । सुशान्तको जीवनमा रिया आएपछि रिया र उनका भाइले सुशान्तका चार्टर्ड अकाउन्टेन्टसँगको मिलेमतोमा अढाइ करोड उडाइसकेका थिए ।

मुद्दती खातामा अब २ करोड मात्र बाँकी थियो । यसबाहेक सुशान्तको कम्पनीको हिसाब किताब, बैंक खाता र जम्मा रकमको हिसाबकिताबमा कैयौं शंकास्पद लेनदेन भएको इडीको अनुसन्धानमा खुलेको छ । रियाले यी लेनदेनबारे जानकारी माग्दा पटक पटक कुरा फेर्ने र चित्तबुझ्दो जवाफ दिन नसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया