गायन एबम भिडियो निर्देशनमा ख्याती कमाएका गायक तथा निर्देशक सशान कंडेलले पछिल्लो समय भजनले गर्दा झनआफ्नो परिचय फरक र फराकिलो बनाएका छन। २ बर्षअघि सार्वजनिक पहिलो भजन ‘हरे राम हरे कृष्ण’ त भाइरल नै भयो । युट्युबमै नेपाली भजनमा सबैभन्दा बढी हेरिएको भजन बन्यो भने सबैको मुखमा नै झुन्डिन सफल भयो त्यस पछी सशानले ल्याएको दोस्रो भजन ‘हरि बोल’ले पनि निकै चर्चा कमायो र टिकटक बनाउनेको लर्को नै भयो र भाइरल भयो। ब्याक टु ब्याक दुई वटा भजन हिट दिएका सशान अब तेस्रो भजन ‘हर हर महादेब’ पनि सफल गराएर हिटको ह्याट्रीक गर्ने सुरमा छन। सुरुवाती क्रममा नै राम्रो प्रतिक्रिया पाएका गायक कंडेल यो भजनलाई पनि स्रोता दर्शकले मन पराइदिनेमा ढुक्क छन। जी एस पौडेलको शब्द अनि सशानको संगीत र राजेन्द्र बजगाइको संगीत संयोजनमा तयार भएको रहेको भजन ‘हर हर महादेब’ मा अहिलेको टिकटक क्वीन सन्जु पाठक र मनिषा कंडेलको भिडियोमा अभिनय रहेको छ। सुरज खनाल र निराजन कंडेलको छायांकन रहेको यो भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन भने निर्देशन स्वयम कंडेलले नै गरेका हुन। भिडियो निर्माणमा पहिलेको दुई भजन भन्दा अझ बढी मिहिनेत देखिन्छ। भजनलाई सार्वजनिक भए संगै बच्चा देखि बुढा सम्मले यो भजन मन पराइरहेका प्रतिक्रियाहरु आइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया