काठमान्डाँै ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय बसपार्क समितिको पहलकदमी मा समाजसेवी धन थापा (हाल जापान) को सहयोगमा अपांग कलाकार हरुको सहयोगार्थ ३० जना अपांग कलाकार हरुलाई नगद सहयोग को कार्यक्रम भाद्र १ गते प्रतिष्ठानको भवन ग्रीन्लायन्डमा आयोजना हुने भएको छ ।

कोरोनाको महामारीमा सामान्य मानिसलाई पनि जीवन यापन गर्न धौ परेको अबस्थामा अपांग कलाकार हरुको लागि गरिएको यो सहयोग केही पृथक र प्रभावकारी हुने आशा बसपार्क समितिका अध्यक्ष अन्चल साहीले गर्नु भएको छ । समाजसेवी धन थापा सङ्ग समन्वय गर्ने बसपार्क समितीका संयोजक प्रकश रशाइली “ भावुक “ का अनुसार यो कार्यक्रम केही बिशेष हुने छ । निवर्तमान अध्यक्ष रमेशबाबू थापाको सल्लाह अनुसार कार्यक्रमको खाका तयार भएको छ । सस्थापक अध्यक्ष अर्जुन थापाको साथ सहयोग र सल्लाह आफुहरु सङ्ग सधैं रहने अध्यक्ष अन्चल साहीले हामीलाई बताउनु भएको छ ।

त्यसैगरी बसपार्क समितीले गर्दै आएको मौलिक तिज गित प्रतियोगितालाई मध्यनजर गर्दै बर्तमान परिस्थितिमा बसपार्क समितिका महिला दिदी बहिनीलाई दर खुवाएर सार्थक पारीने कुरा अध्यक्ष ज्यु ले बताउनु भएको छ! सस्थामा हुने यस्ता सामजिक कार्यले सस्थामा आबद्ध हुनुको महत्त्व दर्शाउने कुरा सदस्य स्मृति मगरले बताउनु भएको छ ! यो सामाजिक अर्थ राख्ने कार्यलाई हाम्रो तर्फबाट धेरै शुभकामना !!

तपाईको प्रतिक्रिया