बिगत लामो समय देखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका सरद युवराज सिंह अब भने आफ्नो पहिचान संगीतमा स्थापित गर्न खोज्दैछन् । केहि दिन मात्र उनकै संगीतमा एउटा नयाँ गीत ‘आमाको माया’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अमेरिकामै बस्ने अर्का फिल्ममेकर अर्जुन सुबेदीको शब्द र युवापुस्ताका चर्चित गायक स्वप्न सुमनले मिठो अवाज दिएका छन् । प्लानेट थ्री फिल्म्सको यु टूब च्यानलबाट रिलिज गरिएको गीतमा अनोज जंग सुबेदीको भिडियो सम्पादन रहेको छ । यस गीतमा आमाको मायालाइ महत्वका प्रस्तुत गरिएको छ ।
बिगत एक दशकभन्दा अघि देखि अमेरिकामा नेपाली संगीत, कला, चलचित्र लगायत बिबिध मनोरन्जन क्षेत्रमा क्रियाशील नाम हो सरद युवराज सिंह, अर्जुन सुबेदी र अनोज जंग सुबेदी ।

 

तपाईको प्रतिक्रिया