काठमांडौ / पुनः गान्धिभ प्रोडक्सन र एल. एण्ड. एन. मोडेल एजेन्सिले अहिले चलिरहेको सम सामयिक सन्दर्भलाई ध्यान दिदै आफ्नो दोस्रो (short films) तिज 2020 रिलिज गरेका छन । “तिज 2020” शीर्षक रहेको short फिल्मका कथा एबम निर्देशन यस एल.एण्ड.एन. मोडेल एजेन्सिका डाइरेक्टर नितिन कायस्थ ज्युले गरेका छन।यस कथाको मुल उद्देश्य अहिले चली आएको कोरोनाको कारणले गर्दा परेका असर र तिजको कथाबस्तु प्रस्तुतिका साथ समाजमा सन्देशमुलक जनचेतना दिनको लागि बनाइएको short film हो।

उक्त फिल्मका मुख्य कलाकारका रुपमा समाजसेबी मोडल/ कलाकार गान्धिभ सुवेदी,

रोमियो एन.के.(नितिन कायस्थ),नुर भण्डारी,दुर्गा श्रेष्ठ खड्गी , गोमा परियार ,अनिशा भट्ट ,रितु राई,सुमिना छेत्री लगायत कलाकारको मुख्य भुमिका रहेको छ।

उक्त फिल्म गान्धिभ प्रोडक्सन युट्युब च्यानलबाट रिलिज गरिएको छ।यसभन्दा पहिलेको रक्षाबन्धन(short film) झैँ यसलाइ पनि माया गरिदिनुहुनेछ भन्ने पुर्ण आशावादी रहेको निर्माता ले बताएका छन र दोश्रो पटक पनि हामी सबैको मन जित्न सक्नेछौ भन्नेमा बिस्वस्थ छौ ।

उक्त फिल्मको छायांकन दीपक अधिकारी द्वारा आँगन पार्टी भेनु -ग्वार्को मा गरिएको थियो।

तपाईको प्रतिक्रिया