चर्चा र विवाद दुवै तर्फ सधै जोडिने नाम हो, पूजा शर्मा। प्रेमगीत रिलिज अगाडी सम्म पूजा चलचित्र क्षेत्रमा आफ्नो करियर कस्तो बन्ने हो भन्ने अन्यौलताका बीचमा नै काम गरिरहेकी थिइन्। तर प्रेमगीत रिलिज पश्चात उनको करियार उचाईमा पुग्यो। महँगो पारिश्रमिक पाउने अभिनेत्री सम्म बन्न पुगिन् पूजा।

लगातार चलचित्रमा देखिदै आएकी पूजाका केहि चलचित्र रिलिजको तयारीमा रहेका छन्। ‘म यस्तो गीत गाउँछु २ ‘ रिलिजको अन्तिम तयारीमा रहेकी पूजा कोरोना र लकडाउनका कारण प्रभावित भईन्। चलचित्र रिलिजको अन्यौलता कायम नै रहेको छ।

लकडाउन केहि खुकुलो भए संगै पूजा म्युजिक भिडियोमा व्यस्त रहेकी छिन्। पल शाह, आकाश श्रेष्ठ, राज कटुवाल संग काम गरेका म्युजिक भिडियो रिलिजको तयारीमा रहेका छन्। यहि बिचमा पूजाले विभिन्न कन्ट्रोभर्सि पनि भोगिन्। अभिनेत्री सुष्मा कार्कीसंगको विवाद देखि सामान्य ज्ञानको कमजोरीको ट्रोल भोगेकी पूजा पछिल्लो समय संचारकर्मी प्रकाश सुवेदीसंगको विवादमा जोडिएकि छिन्।

तपाईको प्रतिक्रिया