काठमाडौँ- सुमधुर आवाजकी धनि गायिका मोनिका ल्होरुङको स्वरमा रहेको “जाति हुन्थ्यो बैगुनीलाई ” को म्युजिक भिडियो चाँडैनै रिलिज हुने भएको छ। रमेश पौडेलको शब्द गायिका मोनिका ल्होरुङको स्वर रहेको गीतलाई सुशील बिश्वकर्माले संगीत भरेका छन्।

निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको म्युजिक भिडियोलाइ छायाँकार आभेश बज्राचार्यले छायांकन गरेका छन् भने माधब बेलबासेले सम्पादन गरेका छ। सार्बजनिक भिडियोमा मोडल रितु पौडेललाइ फिचर्ड गरिएको छ। म्युजिक भिडियो एकदम राम्रो बनेको र सम्पूर्ण दर्शक श्रोताहरुको मन जित्नेमा गायिका मोनिका ल्होरुङ ढुक्क छिन।

तपाईको प्रतिक्रिया