काठमान्डौँ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा आज काठमान्डौमा २५ जना दृष्टिविहिन कलाकारलाई जनही रु ५०००का दरले आर्थिक सहयोग हस्तान्रण गरिएको छ ।

हरेक वर्ष हुने मौलिक तिज गीत प्रतियोगिता लाई कार्य संवत राख्दै कोरोना को कहरबाट अफटयारो अवस्थामा पुगेका दृष्टिविहिन कलाकारहरु पेम्बा लामा , दिपेश नेपाल ,रमेश राई , अर्जुन लिम्बू , इश्वर वलामी, प्रेम लिम्बू ,डावा शेर्पा , जिवन ओलि , सुनिता चापागाईं , सुरज आचार्य , सिर्जना तामाङ , दिर्घ खड्का , लावाङ लामा , नेत्र राई , निरज आले , कमल सिंह ठकुरी,आशा राई , बद्री सेवा , मित्र अधिकारी , दिनेश तामाङ , दिल्ली राम दुलाल , श्री तामाङ , दिनेश कुमाल , डि पि निरेसा ,सुशान्त तामाङलाई सहयोग गरिएको छ ।

“आफू बाचेर बचाउ अरुको ज्यान, धौलागिरी दोहोरी साझ जापानको अभियानका अभियान्त तथा समाजसेवी धन थापाको सहकार्य ,समन्वय मा सो रकम हस्तान्रण गरिएको सस्थापक अध्यक्ष अर्जुन थापाले बताउनुभयो । विषम परिस्थिीतिमा पनी नेपाली कलाकारितलाई जर्गेना गर्ने कार्यमा सहयोग गर्ने कलाकारलाई सहयोग गर्ने पाउनु आफैमा पुन्य काम भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा लोकदोहोरी व्यावसायि संध अध्यक्ष रिम खत्रि ,सचिव भिम श्रेष्ठ , निवर्तमान अध्यक्ष तथा संयोजक रमेश वावु थापा मगर , सल्लाहकार शिशिर पौडेलको सहभागिता रहेको थियो । अफटयारो अवस्थामा रहेका लोक कलाकारहरुलाई सरक्षण गदैँ नेपाली लोक सस्कार र सस्कृतिको लागी सहयोग गर्ने कलाकारहरुलाई सम्मान गदैँ सहयोग गर्न पाउनु आफैमा गर्वको कुरा भएको समाजसेवी धनकुमार थापाले बताए ।

तपाईको प्रतिक्रिया