काठमाडौ । रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ, र हामीलाई छिटै रोगले आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता (इम्युनिटी पावर) बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त राख्नुपर्छ। यी खानेकुराको नियमित सेवनले शरीरमा डब्लुबिसीको कमी हुन पाउँदैन ।

लसुन, अदुवा

खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शरीरको रोग–प्रतिरोधक क्षमता बढाउने तत्व हुन्छ । अदुवाले शरीरमा इन्फ्लेमेसन घटाउन पनि सघाउँछ ।

बदाम

बदाम प्रोटिन र मिनरल्सको राम्रो स्रोत हो । दैनिक ८–१० दाना बदाम खानाले प्रतिरक्षा प्रणाली बजबुत राख्न मद्दत पुग्छ ।

बेसार

तरकारीमा बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । बेसारले हामीलाई ओस्टियोपोरोसिस (हड्डीको कमजोरी), ब्लड प्रेसरजस्ता विभिन्न रोगबाट बचाउँछ । बेसारमा हुने कर्क्युमिन तत्व एक राम्रो एन्टिअक्सिडेन्ट हो । यसले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ ।

अमिला फल

सबैजसो अमिला फलमा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरमा डब्लुबिसीको मात्रा बढाउन मद्दत गर्छ । यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

तपाईको प्रतिक्रिया