राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि समर्पित नाम ए.बि.एस म्युजिक प्रालिले जयराम खड्काको “हो नि रेशम” बोलको गीत बजारमा ल्याएको छ । गीतमा जयराम खड्का र पुर्णिमा लामाको सुमधुर स्वर सुन्न सकिन्छ । “हो नि रेशम” बोलको गीतलाई लय जयराम खड्काले तयार परेका हुन् भने शब्द बिदुर आपगाईले भरेका हुन् ।
मौलिक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रदिप रोका आयुष्मा कार्कीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ ।भिडियोलाई निर्देशन गोपाल थापाले गरेका हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।