राजु बोहरा–काठमाडौँ । आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ डी.ए.आर मुभिज प्रालिले “सिन्धुलीको जुनारै रसिलो” बोलको गीत भर्खरै सार्बजनिक गरेको छ । गीतमा स्मृति गौतम र लोकेन्द्र तामाङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुन्दर सुनामले तयार पारेका हुन् भने शब्द लोकेन्द्र तामाङ्ग र छबी श्रेष्ठको रहेको छ ।
“सिन्धुलीको जुनारै रसिलो” बोलको गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ। निकै आकर्षक ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन सन्जिब ठकुरीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन पदम सुबेदीले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।