काठमाडौं। गायिका सुनिता दुलालले मौलिक लोक सिर्जना रोईला भाकाको गीत सार्वजनिक भएको छ। नवराज कौडोलको शब्द तथा जय देवकोटाको संगीत रहेको छिट्टै आँउछु लिन रोईला गीतमा सुनितासँगै जयले स्वर दिएका छन्।
प्रेमी र प्रेमिकाबीचको वार्तालापमा केन्द्रीत रहेको यो गीतको भिडिओमा दमन रूपाखेती र शुशीला निरौला ‘विमली’ले अभियन गरेका छन्।
उमेश गुरूले निर्देशन गरेको म्यूजिक भिडिओलाई प्रविन घिमिरेले सम्पादन गरेका हुन्। दर्शकमाझ मौलिक सिर्जना रोईला भाका ल्याएको सुनिताको भनाई छ।
यसअघि पनि उनले प्रकाश सपूतसँग मिलेर गाएको गीत मायाको मुखैमा चिनी बोलको गीतमा ५० लाख भन्दा भ्यूज पुगेको छ।