काठमान्डौ भाद्र १९ – नेपाली गीत संगितको दुनियाँमा लोकप्रिय युबा गायक रामजी बुढाथोकी अहिले सबैका सांगीतिक ढुकढुकी बन्न सफल भएका छन् । आफ्नै कला संस्कृति र मौलिकता झल्किने गीतहरु गाएर उनी सबैका प्रिय बनेका हुन् । राम्लेजीले हे मेरी कान्छु, सिरु फुल्यो सेतै, तिम्रो झल्को मेटिन्न कुनैले, तेल मालिस, मालिगाई, कालो कोठी, भोकै हुन्छ भुँडी लगाएतका गीतहरु बजारमा पठाईसकेका छन् ।
गायक रामजी बुढाथोकीको जन्म २०४५ साल चैत्र १२ गते बुवा पदम बहादुर बुढाथोकी र आमा हिम कुमारी बुढाथोकीको कोखबाट रामेछाप जिल्ला खाडदेबी गाउ पालिका वार्ड न ६ टाहार टोलमा भएको थियो । परिवारका माइलो छोरा बुढाथोकीका एक दाई दिपक र दुई भाई प्रकाश र कैलाश छन् । प्रारम्भिक शिक्षा र माद्यामिक शिक्षा आफ्नै गाउमा पुरा गरेर उच्च शिक्षाको लागि राजधानी छिरेका उनलाई त्यस समय गायक बन्छु भन्ने कुनै योजना थिएन र त्यती सजिलो पनि थिएन ।
मध्यम बर्गिय पारीवारमा जन्मिएका बुढाथोकी राजधानीमा स्थापित हुन निकै संघर्तस गर्दै अहिले यो स्थानमा आइपुगेका हुन् । उनि मात्र कलाकारिता क्षेत्रमा छैनन्, हार्डवयर ब्यवासाही पनि हुन् । उनका गीतहरु लोकल बसमा होस या लामो दुरीको यात्रामा या त कुनै दोहोरी साझ मा होस या होटल रेस्टुरेन्ट मै किन नहोस, कल कारखाना होस यात कुनै निजी गाडी मै किन नहोस मज्जाले घन्किने गरेको पाइन्छ । बिशेष गरेर काँठे भाकाको सम्बृद्धिका लागि जुटेका उनि सोहि कारण पनि लोकप्रिय बन्न सफल भएका हुन् । राम्जी बुढाथोकीले गाएका अधिकाम्स गीतहरु आफुले नै रचना गरेको हुने हुँदा गाउमा भोगेका दु:ख बेथालाई जस्ताको तस्तै उतारेको पाइन्छ ।
रामेछाप जिल्लामा गायक जन्मिने कुनै नौलो त होइन तर दिर्घकालिन नहुँदा धेरै गायक गायिकाहरु बिस्तापित भएर गएका छन । तर राम्जी बुढाथोकी भने बिगत आधा दशकदेखी यस क्षेत्रमा निरन्तरता दिईरहेका छन् । गीत संगीत बाट आफु परिचित हुनु मात्र होइन आफ्नो जिल्लालाई पनि सबै सामु चिनाउनु पर्छ मान्यता राख्ने उनले शुरुमा रामेछाप जिल्ला र स्थानिय गाउँको नाम तथा मठ मन्दिरलाई गीतमा समाबेश उनेर सबैको प्रसंसा प्राप्त गरेका थिए ।
गीत संगित र आफ्नो ब्यापारलाई समान्तर रुपमा अगी बढाएका कारण उनी दुबै पेशामा सफल मानिएका छन । आफ्नै पौरखले कमाएर उनले राजधानीमा राम्रो बास बनाएका छन भने आफ्नो गाउँमा पनि एउटा पक्की घर बनाउन सफल भएका छन् । सांगीतिक क्षेत्र तथा आफ्नो पेशामा सधैं इमान्दार र सकरात्मक सोच बोकेर अगी बढेका कारण उनी सानो उमेरमा सफलता चुम्न सकेका हुन भन्नेमा कुनै दुई मत छैन ।