गायक विष्णु खत्री नयाँ लोकदोहोरी गीत ‘रिनै रिनको’को सार्वजनिक भएको छ।

गायक खत्रीले आइतबार आफ्नै युट्युब च्यान विष्णु खत्रीमार्फत दशैँ गीत ‘रिनै रिनको’को म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

गीतमा गायक खत्रीलाई गायिका पूर्णकाली बिसीले साथ दिएकी छन्। गीतको शब्द र संगीत गायक खत्रीकै रहेको छ भने एरेन्ज विनाेद बाजुरालीको रहेको छ।

ग्रामीण जनजीवन, ऋण खोजेर विदेशिनुपर्ने बाध्यता, चाडबाडमा परिवारसँग सँगै नहुँदाको पीडालाई गीतमा प्रस्तुत गरिएको छ।

गीतको म्युजिक भिडियोको निर्देशन कपिल लामाले गरेका छन्। भिडियोमा मोडल सारिका केसी र ओबी रायमाझीको अभिनय छ।म्युजिक भिडियोको छायाँकन सुरेश श्रेष्ठ र सम्पादन शिव पौडेलको रहेको छ।

तपाईको प्रतिक्रिया