काठमाण्डौ भाद्र २३ – लोकप्रिय गायक मौसम गुरुङ र रेजिना परियारको सुमधुर स्वरमा दशैं गीत ‘बस पर्खेर’ भर्खरै मात्र सार्बजनिक भएको छ । हिन्दु नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित सार्बजनिक गरिएको गीतलाई लय तथा शब्द सिर्जना बिगत लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित रहंदा विभिन्न लोक तथा दोहोरी गीतमा आफ्नो सिर्जना पस्किरहेका सर्जक ओम छिनालको रहेको छ ।

गितको म्युजिक भिडियोलाई चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने अभिनय मोडेल दुर्गेश थापा र सुस्मिता थापा मगरको देख्न सकिन्छ । शितल शिजन डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा रहेको गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन दिपक विष्टले गरेका छन् । गायक गुरुङको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि मर्मस्पर्शी देखिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया