मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, एकदमै सजक रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज तपाइको धन लाभको योग छ । पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आय आर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नु होला, व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीको सम्भावना छ । खानामा एकदमै सजक रहनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । साथै मनमा केहि दुविधा पनि रहला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । बैदेशिक क्षेत्रको लगानी फाइदै होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । काममा जोश र जागँर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलैसंग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला । कुसैसँग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नु पर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ । घर परिवारमा केही मनमुटाव पनि होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
चल अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला ।

तपाईको प्रतिक्रिया