एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले यस सिजनको आफ्नो पहिलो खेलमा संघर्षपूर्ण जीत निकालेको छ ।

क्रिस्टलले शनिबार साउथह्याम्पटनलाई १-० ले पराजित गर्दै विजयी सुरूवात गरेको हो । घरेलु मैदानमा भएको खेलमा क्रिस्टललाई जीत दिलाउन विल्फ्रिड जाहाले निर्णायक गोल गरे ।

साउथह्याम्पटनविरुद्ध जाहाले १३औं मिनेटमा गोल गरेका थिए । टाउनसेन्डको पासमा जाहाले गरेको उक्त गोल नै निर्णायक बन्यो ।

बल पोजिसनमा पकड जमाएपनि साउथह्याम्पटन गोल गर्न चुकेको थियो । साउथह्याम्पटनको एक दर्जन आक्रमण क्रिस्टलका गोलकिपर र डिफेन्सले विफल बनाईदिएको थिए ।

तपाईको प्रतिक्रिया