काठमाडौं । रचना रिमाल नेपाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । रचनालाई अहिले फोटो फिरिममा…, मिनरल वाटर…, पहिलो पल्ट भेट हुँदा…, सुनन पियारी…जस्ता थुप्रै गीतले अहिले लोकप्रियको शिखरमा पु-याएको छ । रचनाको गायन इतिहाँस हेर्ने हो भने उनले यो यात्रा सुरु गरेको दुई वर्ष पनि पुगेको छैन । तर उनलाई नेपाल आईडल सिजन ३ ले छोटो समयमा एउटा उचाईमा पु-यायो । नभन्दै उनी अहिले व्यस्त गायिकाको सूचीमा छिन् ।

उनको पछिल्लो गीत फोटो फिरिममा हिट भएपछि रचनालाई दैनिक जसो गीत गाउन प्रस्ताव आईरहेको छ । आफुले यो दुई महिनाको अबधिमा ४० वटा गीत गाएको बताइन् ।

यी गायिकाको रुमाल चिनो…., पानी मिठो धाराको…, कोसँग बोलुँ मनको…, एक चिम्टी सिन्दुर…, नरौ नरौ निरमायाँ…, काफल गेडी कुटुक्कै…, तिमी बिना…, मेरो मायाँ हार हैन…, रित्तो मझेरी…, तीज भाका आयो चेली…, सृष्टीको अनुपम उपहार जीवन…, उनको प्रीति…जस्ता थुप्रै गीतहरु अहिले चर्चामा छन् । उनका गीतहरु मध्ये फोटो फिरिममा…, मिनरल वाटर…, आयो चेली…, पहिलो पल्ट भेट हुँदा…जस्ता गीतहरु १० देखि ८० लाख पटकसम्म युट्युब च्यानलमा हेरिएको छ । यस्तै बसन्त सापकोटासँगको पछिल्लो गीत सुनन पियारी…पनि निकै मन पराईएको छ ।

हालै सम्पन्न नेपाल आईडल तेश्रो सिजनले उनलाई चर्चामा ल्याएको हो । नेपाल आईडलमा उनी ८ औं स्थानमा पुगेकी थिईन् । उत्कृष्ट १० भित्र पर्नुलाई पनि उनले आफ्नो ठुलो सफलता मानेकी छिन् ।

पछिल्लो गीत फोटो फिरिममा हिट भएपछि रचनालाई दैनिक जसो गीत गाउन प्रस्ताव आईरहेको छ । आफुले यो दुई महिनाको अबधिमा ४० वटा गीत गाएको बताइन्

हरेक कलाकारलाई अगाडी बढाउनमा कसै न कसैका हात हुन्छ । यस्तै गायिका रचना रिमालले पनि आफ्नो गायनको करिअर संगीतकार बसन्त सापकोटाको शब्द संगीतमा तयार भएको गीत रुमाल चिनो देउन कान्छा…गाएकी थिईन् । उनी त्यतिबेला आफ्नो झापाको चन्द्रगढीमा थिईन् । आफ्नै घरबाट काठमाडौं आएर पहिलो गीत रेकर्ड गरी उनी घर फर्किएकी हुन् । आफु घरमै हुँदा पहिलो गीत रिलिज भयो । करिब नौ महिनाको पखाईमा पहिलो गीत रिलिज हुँदा उनीमा खुसीको सिमा रहेन । उनको लागि एउटा गीत नौ महिना पर्खनु भनेको एउटा आमाको लागि नवजात शिशुको पर्खाई जस्तै थियो । म्युजिक भिडियो ढिलो बनाएकाले आफ्नो पहिलो गीत रेकर्ड भएको नै महिनापछि रिलिज भएको उनले बताईन् ।

सौखले गीत गाएर फेसबुकमा राख्ने बानीले उनलाई गायनमा अघि बढाएको हो । एउटा भजनमा भाग लिँदा गाउने अबसर नदिएपछि गायिका बन्ने हुटहुटी रचनामा जागेको थियो । सोही कारण गायनमा लाग्नु अघि उनले केही गीतहरु गाएर फेसबुकमा राखिन्,‘संगीतकार बसन्त सापकोटा अँकलले मेरो फेसुबकका केही गीतहरु सुन्नु भएछ । मेरो स्वर मिठो लागेपछि मलाई काठमाडौं बोलाउनु भयो र गीत रेकर्ड गराउनु भयो ।’ यसरी गायनमा आफुलाई पहिलो पटक बसन्त सापकोटाले ब्रेक दिएको उनले बताई्न् ।

रचनाको गायन करिअरलाई अहिलेको अबस्थामा ल्याउनुमा नेपाल आईडलको पनि ठुलो हात छ । एक पछि अर्को गर्दै नेपाल आईडलमा हिट गीत प्रस्तुत गरेपछि दर्शकले उनको स्वर रुचाउँदै गए । रचनाको मिठो स्वरले दर्शकलाई यती धेरै बाँध्योकी अहिले यी गायिकाको जुन गीत आए पछि लोकप्रिय बरिरहेका छन् ।

पछिल्लो समय कोरोना संक्रमणको कारण उनको पढाई रोकिएको छ । झापाको चन्द्रगढीमा ११ मा पढ्दै गरेकी उनी नेपाल आईडलपछि काठमाडौंमै बसिरहेकी छिन् । अहिले उनको दिनचर्या भनेकै प्राय दैनिक जसो गीत रेकर्ड गर्ने, म्युजिक भिडियोमा अभिनय गर्ने, र मिडियामा समय दिनमै वित्ने गरेको छ । अब तिहारपछि ११ को जाँच सकेर उनी काठमाडौं बस्ने छिन् । अनि आफ्नो गायन करिअर अघि बढाउने योजना सुनाउँछिन् ।

यतीबेला रचनाको गायनबाट आर्थिक आम्दानी राम्रो छ, ‘पछिल्लो समय उनको कमाईबाट परिवार पनि सन्तुष्ट हुनुहुन्छ । आफ्नो गायनको कमाईले अब आफ्नो खर्च चलाउन सक्ने भएकी छु ।’ रचनाले भनिन् ।

गायनमा त्यसो त रचनासँगै अरु थुप्रै नयाँ प्रतिभाहरु आएका छन् । आपसमा प्रतिस्पर्धा हुनु स्वाभाविकै हो । तर गायिका रचनालाईले प्रतिस्पर्धाको पटक्कै महसुस भएको छैन । उनले प्रतिस्पर्धा बारे भनिन्,‘सानो बजारमा थुप्रै नयाँ प्रतिभावन कलाकार आउनु भएको छ । तर मैले त्यस्तो प्रतिस्पर्धाको रुपमा लिएको छैन ।’

सँगीतकार बसन्त सापकोटाको शब्द संगीतमा नयाँ गीत झ्यालैमा…आउँदैछ । यो गीतबाट आफु निकै आशाबादी भएको रचनाले बताएकी छिन् । यो गीतमा बसन्त र रचनाको युगल स्वर रहेको छ ।

तपाईको प्रतिक्रिया