राजु बोहरा–काठमाडौँ । २०७२ सालको बिनासकरी भूकम्पको कारण कयौं धनजनको क्षेती व्यहोर्नु परेको सिन्धुलाचोक जिल्लाका बासिन्दाहरुले बेला-बेलामा यस्ता धेरै प्राकृतिक प्रकोपको कारण क्षेती बेहोरीरहेका छन् । गत श्रावन ३० गते  पनि जुगल गाउँपालिका २ लिदी लामा गाउँको पहिरोले धेरैको ज्यान लिनुका साथै धेरै बेपत्ता र धनजनको क्षेती पुर्याएको छ । यसै पेरिफेरी र त्यहाँको यथार्थतालाई टपक्कै टिपेर गीत संगीत मार्फत बुनिएको छ ।गीतलाई हाम्रो सिन्धुपाल्चोक अनलाइन रोधीघरले तयार पारेको हो ।

“लिदी पहिरो” नामको साथमा बजारमा आएको गीतलाई लोकप्रिय कलाकार सुनिल बि.सी ले स्वर भएका हुन् भने लय राजु घतानी र शब्द गायक स्वयम् सुनिलले भरेका छन् । बिगत निकै लामो समय यता नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । गायक तथा सर्जक सुनिल सिन्धुपाल्चोकको नै स्थानीय हुन् । त्यसैले पनि यस गीतको यथार्थता छर्लंगै भएको छ । गीतलाई नागबेली मिडियाले सार्बजनिक गरेको हो “लिदी पहिरो” नामको म्युजिक भिडियोलाई निर्देशन बिदुर आपगाईले गरेका हुन् भने छायांकन बिपिन क्षेत्रीले गरेका छन् । भिडियोमा बिभिन्न फुटेजहरुको साथमा गायक तथा सर्जक सुनिल बि.सी आफै देखिएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया