राजु बोहरा–काठमाडौँ । विभिन्न नेपाली गीत संगीतको म्युजिक भिडियोमा अभिनय गर्दै आएकी लोकप्रिय मोडल संचिता शाहीको अभिनयमा फेरी अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनि द्वारा अभिनित गीतको म्युजिक भिडियो जिबन्त रहने कारणले पनि धेरै दर्शक तथा कलाकारले संचितालाई आफ्नो रोजाईमा पारेका हुन्छन् । उनकै अभिनयमा पछिल्लो गीत “दुर्भाग्य” बोलको रहेको छ । मालती डिजिटल प्रालिले सार्बजनिक गरेको गीतमा रामु खड्का, नेत्र भण्डारी, सुमन परियार र लिला कुँवरको सुमधुर स्वर सुन्न सकिन्छ ।

बिनोद बाजुरालीको लय र रामु खड्का, नेत्र भण्डारी, बिनोद बाजुराली र सुमन परियार द्वारा शब्द भरिएको यस गीतको म्युजिक भिडियोमा संचिता संगै महेन्द्र गौतम, सुमन परियार, प्रविन भट्ट, रमेश सुबेदी, कुशल र उत्तम राना पनि देखिएका छन् । भिडियोलाई निर्देशन बिनोद बजुरालिले गरेका हुन् भने छायांकन करण चैंसिर र सम्पादन प्रविन भट्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया