काठमाण्डौ अशोज ०२ – गायक रामकुमार के.सी को स्थायी घर काठमाण्डौ धापासी हो । उनले बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित रहेर अशंख्य श्रोता तथा दर्शकहरुको लागि थुप्रै गीतहरु दिईसकेका छन् । गायक तथा सर्जक रामकुमार के.सी को धेरै गीतहरु बजारमा आएता पनि अन्य गीतहरु जस्तै घर हाम्रो रामेछाप, दोलालघाटमा आउनु है जाउँला एकै साथ् बोलको गीत आज पनि उत्तिकै जिबन्त रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय ब्यवसहिकता नहुँदा अहिले कयौं कलाकारहरु पलाएन भएका छन् तर उनले भने बेला बखत आफ्ना श्रोता तथा दर्शकहरुका लागि विभिन्न गीत संगीतहरु पस्किरहेका छन् ।

रामकुमारको पछिल्लो गीत घर हाम्रो रामेछाप भाग २ “चार तिर चार नारन” बोलको रहेको छ । प्रस्तुत गीतमा रामकुमार के.सी अहिलेकी लोकप्रिय गायिका सुनिता दुलालको पनि सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय गायक स्वयम् ले तयार पारेका हुन् भने शब्द अन्जु भण्डारी के.सी को रहेको छ । गीतको म्युजिक भिडियोलाई हाल स्टुडियो भर्सनमा मात्र तयार पारिएको छ भिडियोलाई शिवालय मिडिया प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया