हलिउड अभिनेता ड्वेन जोनसोन आफ्नो काममा फर्किएका छन् । पछिल्लो समय उनीसहित उनको परिवारलाई नै कोरोना संक्रमण भएको थियो । काेराेनामुक्त भएका उनी नेट्फ्लिक्स फिल्म ‘रेड नोटिस’को छायांकनमा फर्किएका छन् ।

छायांकनस्थलबाट मास्क र फेससिल्ड लगाएको तस्बिर उनले सामाजिक सञ्जालमा इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । क्याप्सनमा लेखेका छन्, ‘विश्व परिवर्तन भएको छ र हाम्रा केही प्रकिया पनि । हामी फिल्म रेड नोटिसको छायांकनमा फर्केका छौं ।’

छायांकनमा सतर्कता अपनाएको पनि उनले जानकारी दिएका छन् । ‘हामीले स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर सतर्कताका अपनाएका छौं,’ उनले इन्स्टाग्राममा लेखेका छन् । यस्तो महामारीको समयमा पनि कसरी ठूलो मात्रामा काम गर्ने भन्नेतर्फ पनि फिल्मको टिम अभ्यास गरिरहेको उनले बताएका छन् । फिल्ममा उनीसँगै फिल्ममा रायन रेनल्ड्स र गल गेडोटले अभिनय गर्दैछन् ।

यो फिल्म सन् २०२१ मा प्रदर्शन गर्ने चर्चा छ । रेड नोटिससँगै ड्वेन ‘ब्ल्याक एडम’मा पनि अभियन गर्दैछन् । फिल्म २०२१ मा प्रदर्शनमा आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया