पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच पानस फिल्मस्को प्रस्तुतिमा संगिता थापा वानियाको नया दशै कोसेलि ‘म त आऊन पाऊदिन’ गितको म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।

निशान बानियाको उत्कृष्ट शब्द सृर्जना एवम् सुमन परियारको लय रचना रहेको गितमा लोकप्रिय चर्चित गायक सुमन अधिकारी र चर्चित गायिका कमला पोखरेलको सुमधुर आवाजमा सजिएको छ ।

गरिविको यथार्थ पिडा , प्रदेशीको कथा अनि दशैतिहारमा घर आऊन नभएको पिडा आदि विषयवस्तु गितमा दर्शाईएको छ ।

उक्त गितको म्युजिक भिडियोलाई पानस फिल्मसका निर्देशक निशान वानियाले उत्कृष्ट निर्देशनमा गरिएका छ भने गितको म्युजिक भिडियोमा चर्चित लोकप्रिय अनुहारहरु विमल अधिकारी र सारिका केसिको मनछुने अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया