शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेले स्वर तथा संगीत भरेको हृदयस्पर्शी गीत ‘विलाप’ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकामा रहेर राम्रा राम्रा गीत रचनामा सक्रिय गीतकार मनिष बसिष्टको शब्द र रिदम कडेलको एरेन्जमेन्ट रहेको गीतको भिडियोलाई एम बी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । दशवर्षे सशस्त्र युद्धका बेला एउटी आमाले आफ्नो शिशु गुमाउनुपर्दाको पीडालाइ समेटेर बनाइएको गीतको भिडियोमा नायिका प्रमिला खनालको अभिनय रहेको छ ।
गम्भिर बिष्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी , नवराज उप्रेतीको सिनेमाटोग्राफी र नविन निरौलाले सम्पादन रहेको छ ।
गीतकार मनिष बशिष्टले ”करिब तीन वर्षजति अघि लेखिएको यो गीत विबिध कारणले रेकर्ड गरिएको थिएन पहिलोपटक गायक सजल न्यौपाने संगको सहकार्यमा गीत ल्याउन पाउदा खुसी लागेको र समयको माग अनुसारको गीत भन्दा पनि दश वर्षे सशस्त्र युद्धको बेला एउटी आमाले आफ्नो शिशु गुमाउनुपर्दाको पीडाले उनको मनबाट मानवता र ईश्वरप्रतिको आस्था र विश्वास कसरी हट्छ भन्ने कुरालाइ छोटो श्रव्यदृश्य मार्फत समाजलाई दर्शाउन पाएकोमा आत्मसन्तुष्टि पाएको बताउनु भयो” । त्यस्तै निर्देशक गम्भीर बिस्टले पनि समाजलाई सन्देश दिने यस्तो काम गर्दा एकदमै आत्मसन्तुष्टि हुने गरेको बताउनु भयो।

 

तपाईको प्रतिक्रिया