दस वर्षे युद्धको समयमा एक आमाले आफ्नो शिशु गुमाउनुपर्दाको पीडामा ‘बिलाप’ गीत तयार भएको छ । गीतकार मनिष बसिष्टको रचना र सजल न्यौपानेको स्वर तथा संगीत रहेको यो गीतको भिडियोमा प्रमिला खनालको अभिनय हेर्न सकिन्छ ।

भिडियोमा गम्भिर बिष्टको निर्देशन, सुवोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ । एउटा आमाले शिशु गुमाउनुपर्दाको पीडाले उनको मनमा मानवता र इश्वरप्रतिको आस्था र विश्वास कसरी हट्छ भन्ने यो भिडियोमा देखाउन खोजिएको छ

तपाईको प्रतिक्रिया