यस वर्षको पद्मश्री साहित्य सम्मान ‘हंस’ उपन्यासका श्रष्टा सञ्जीव उप्रतीलाई प्रदान गरिने भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले तीन लाख रुपैयाँ राशीको सो पुरस्कार उप्रेतीलाई दिने निर्णय गरेको हो ।

त्यस्तै, यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिइने प्रतिष्ठानले निर्णय गरेको छ । छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रष्ठिानले प्रश्रितलाई उक्त सम्मान दिने निर्णय गरको हो ।

२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठह¥याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ । त्यस्तै यस प्रतिष्ठानले एक दशक अगाडीबाट साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ ।

प्रतिष्ठानले घोषणा गरेको पुरस्कार र सम्मान हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिदै आएको छ । यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् । पद्मश्री साहित्य सम्मान ‘हंस’ उपन्यास दिनुको कारण पनि अध्यक्ष जिवाले बताएका छन् ।

यस पुस्तकमा उप्रेतीले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरिएको कारण पनि यस पुरस्कारका लागि उत्तम रहेको लामिछानेको भनाई छ । ‘हंस’ उपन्यास गत बर्ष अशोजमा लोकार्पण गरिएको थियो ।

तपाईको प्रतिक्रिया