काठमाडौं । लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरेले नयाँ गीत ‘निरजाले हो’ बजारमा ल्याएका छन् । गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा गायक गैरे आफैंले संगीत भरेका छन् । गीतको शब्द बिमल पौडेलले लेखेका हुन् र गीतमा गायक गैरेलााई ममता कोइरालाले स्वरमा साथ दिएकी छिन् ।

गीतको म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन् । सुरेश श्रेष्ठको सिनेमाटोग्राफी र प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोमा बिमल अधिकारी, साया भण्डारी, इन्द्र बस्नेत लगायतले अभिनय गरेका छन् । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज कृष्ण भान्जा, साउण्ड मिक्सिङ कुमार राना र रेकर्डिङ सुमन रानाले गरेका हुन् ।

https://youtu.be/hX9zeS1Z8GU

तपाईको प्रतिक्रिया