काठमाडौं । मौलिक गीत गाउने गायिकाको रुपमा चिनिएकी गायिका लम्सालले नयाँ गीत ‘लाहुरे आएन झुक्कायो’ बोलको गीत अहिले चर्चामा रहेको छ । उनलाई अर्गानिक स्वरका धनि गायक बिमल परियारले स्वरमा साथ दिएका छन् । लोकप्रिय सर्जक शिव हमालको शब्द तथा लय रहेको गीतको संगीत संयोजन चेतन गोतामेले गरेका हुन् । गीतलाई एचविन किस्मतले मिक्सिङ गरेका हुन् भने रेकर्डिस्ट गोबिन्द पराजुली हुन् । गीत निकै कर्णप्रिय बनेको छ ।

गीतको अडियो जस्तै भिडियो पनि उतिकै उत्कृष्ट रहेको छ । मौसम हिमालीको डाइरेक्सन र कोरियोग्राफी रहेको गीतको भिडियोमा कला र गम्भीर विष्टको नृत्य तथा अभिनय रहेको छ । गीतलाई गायिका लम्सालले आफ्नै युट्युव च्यानल कला लम्सालबाट सार्वजनिक गरेकी हुन् ।

सयौं गीतमा स्वर भरिसकेकी कलाका ‘तराई आँगन हिमालको छाना’, ‘छड्के तिलहरी, ‘पातली’, ‘धानको चामल धानकै चिउरा’ लगायतका गीत सफल मानिन्छन् । सुन्दरी गायिकाको रुपमा परिचय बनाएकी कला गायनमा मात्र होइन्, मोडलिङमा पनि फिट देखिएकी छिन् ।

तपाईको प्रतिक्रिया