काठमाडौं । सोमवार मध्यान्न सामाजिक सञ्जालमा पूर्व युवराज पारस शाहले पोष्ट गरेको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उद्दण्ड गतिविधिका कारण प्रायः चर्चामा आइरहने पारस भाइरल हुनुमा यसपटक उनको उद्दण्डता भन्दा पनि एक युवती सगँ को फोटोमा प्रेमको चिन्ह सहित गरिएको फोटो पोष्टले चर्चा तथा परिचर्चा बढेको हो । यस अगाडि उत्तेजक र अश्लिल संवाद बनाएर चर्चामा आउने युट्युबर सोनिका रोकायासंगको हिमचिम थियो । उनी सगँको सम्वन्धमा विचलनमा आए सगैँ पारस लकडाउनको समयमा नै भएपनी आफना निकटका साथीहरु माझँमा पोखराको एक होटलमा साथीहरु सगँ नजिकमा रहेका थिए ।
पत्नी हिमानी शाह सगँको भएको पारिवारिक बेमेल र राजसस्थाका सदस्य विचमा उनी विचको भएको बेमेलको अवस्थाबाट उनी विचलित भएको कारणले पनी उनी शान्तीको खोजीमा देशका विभिन्न रमणिय स्थानहरुमा पुग्ने गरेका थिए ।
केही समय अगाडि आफुलाई चर्चामा ल्याउन जे पनि गर्न तयार हुने सोनिका रोकाया र उदण्ड स्वभावका कारण चर्चामा आइरहेन पूर्वयूवराज पारस भाइरल भिडियोमा एक बाइकमा सोनिकाका साथ देखिएको भिडियो सार्वजनिक भएको थियो ।
सोनिका र पारसको हिमचिम भएको बिषयलाई दुबैले नकारेका छन् । पारस आफुमा सत्ता र राजा हुने मोह नरहेको बताउँदै आएका छन् भने सोनिका पारस आफुलाई सुर्धाने अभिभावक भएको बताउँदै आएकी छिन् ।
हुनत पारस र सामाजिक सञ्जालमा देखिएकी युवती विच तस्विर खिचेर पोष्ट गरेकै भरमा उनिबिच हिमचिम छ भन्ने आधार हुँदैन । तर पछिल्लो समय उनी पुर्व प्रेमीका सोनिका रोकाया सगँ छुटिए पछि अर्की युवतीको खोजीमा पारस रहेको उनी निकट स्रोतले बताएको छ । स्रोतले भन्यो ”सोनिका सगँको प्रेम र अन्य विविध कारणले पनी सरकारमा एक प्रकारको उदासिन भै बक्सिएको छ , तस्विरमा देखिएकी युवती सगँ पछिल्लो समयमा अलिक धेरै पटक आफुले देखेको र उनी प्रेमीका नै रहेको बुझिन्छ ” स्रोतले भन्यो । । पूर्वयुवराज पारस पछिल्लो समय सोनिकासँग देशमा विभिन्न स्थानमा घुमिरहेका थिए ।
यता निरन्तर भिन्न भिन्न युवती सँग पारस नजिक भएपछि पूर्वयुवराज्ञी हिमानी शाहले डिभोर्स दिने तयारी गरेको खवर केही समय अगाडि विभिन्न मुलधारका अनलाइनले प्रकाशित गरेका थिए । हिमानीले डिभोर्सको तयारी गरिरहेको दावी गरिए पनि यसको आधिकारिक रुपमा पुष्टि भने हुन सकेको छैन । राज परिवारको जस्तो आम जिम्वेवारी पुर्ण ब्याक्तिले फरक फरक युवती सगँ सामान्य रुपमा देखिनु आफैमा अनौठो भएको जानकारहरु ले टिप्पठी गरेका छन ।