असोज २० काठमाण्डौ – नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली निकै नजिक आइसकेको छ । यसै पेरिफेरिमा रहेर लोकप्रिय गायक तथा सर्जक रामकुमार के.सी ले एक निकै मुटुछुने गीत भर्खरै बजारमा लिएर आएका छन् । बिचका समयमा अशंख्य गीतहरु प्रकासनमा आएता पनि गायक तथा सर्जक रामकुमार के.सी ले केहि समय अगाडी मात्रै घर हाम्रो रामेछाप भाग २ चार तिर चार नारान” बोलको गीत ल्याएका थिए । यस लगत्तै उनको यो पछिल्लो गीत “दशैं मान्न पाउँदिन” रहेको छ ।

गीतमा आफ्नो आमाको उद्रिएको चोली र बुबाको फाटेको टोपी फेरिदिने सोचमा एक युवा परदेशिएका हुन्छन्, तर यो सोच उनले पुरा गर्न सक्दैनन्, किनकि आफ्नो आमाको अल्पायुमा नै मृत्यु भएको खबर प्राप्त गरेपछि  उनका सारा सपना चकनाचुर बनेको कथा यस गीतबाट  देखाउन खिजिएको छ । गीतलाई रामकुमार के.सी, सानु के.सी, प्रतिमा अर्याल, बाल गायक किन्सुक के.सि र बाल गायिका अनुष्का घतानिको सुमधुर र घत स्वर भरेका छन् । “दशैं मान्न पाउँदिन” लय रामकुमार के.सी स्वयम् ले तयार परेका हुन् भने सामाजिक यथार्थता लाई चित्रण गर्दै अन्जु भण्डारी के.सी ले शब्द कोरेकी छिन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा बिमला गिरी, उत्तम अर्याल. सुधन धिताल, मोहन घिमिरे, अन्जु भण्डारी, सुपा खनाल, समिता रिजाल, लक्ष्मी उप्रेती, त्रिसना खत्री किन्सुक के.सि, अनुष्का घतानी र अप्सरा घिमिरेको मुटुछुने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन गायक तथा सर्जक स्वयम् रामकुमार के.सी ले गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन ललित सिंह साउदले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया