असोज २० काठमाण्डौ – सोह्र सत्रको उमेर जस्तो बिहे गरेपछि हुँदैन भन्ने किसिमको निकै ठट्यौली कतावास्तुमा लोकप्रिय कलाकार अमृत आचार्य माइला गुरुको पछिल्लो लोक दोहोरी गीत “मोज गर्ने त बिहे गर्नु पहिले हो” भर्खरै बजारमा आएको छ । गीतलाई झट्ट सुन्दा दुई अर्थे सोचिने भएता पनि सामाजिक यथार्थतामा तयार पारिएको कलाकार अमृतले बताएका छन् ।

प्रस्तुत गीतमा अमृत आचार्य माइला गुरु र अनुजा पुडासैनीको सुमधुर स्वर सुन्न सकिन्छ “मोज गर्ने त बिहे गर्नु पहिले हो” बोलको गीतलाई महेश नेपालले लेखेका हुन् भने लय दिनेश श्रेष्ठले तयार परेका हुन् । सगरमाथा म्युजिक प्रालिले सार्बजनिक गरेको यस गीतको म्युजिक भिडियोमा शिशिर बुढाथोकी, अश्मिता आचार्य, लोमस शर्मा र रचनाको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शिशिर बुढाथोकी, छायांकन सागर गौतम र सम्पादन प्रकाश एस. के ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया